अस्पतालबाट ‘डिस्चार्ज’ भए राष्ट्रपति पौडेल
काठमाडौं , चैत २२ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी घर फर्किएका हुन् ।
यही चैत १८ गते पेटको समस्या भएर पौडेल अस्पतल भर्ना भएका थिए । तीन दिनपछि डिस्चार्ज भएर शीतलनिवास फर्किएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या थियो।















प्रतिक्रिया दिनुहोस्