भारतमा कोरोना ह्वात्तै बढ्यो

काठमाडौँ , चैत २२ । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ४३५ नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन करिब साढे पाँच महिना ९१६३ दिन० यताकै सबैभन्दा धेरै हो ।

योसँगै सक्रिय संक्रमितको संख्या २३ हजार ९१ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार यसअघि गत वर्ष २५ सेप्टेम्बरमा ४ हजार ७७७ जनामा ​​कोरोनाको संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टामा पनि कोरोना संक्रमणका कारण भारतमा १५ जनाको मृत्यु भएको छ । तीमध्ये चार महाराष्ट्रमा, एक छत्तीसगढ, दिल्ली, गुजरात, हरियाणा, कर्नाटक, पुडुचेरी र राजस्थानमा छन् । अहिले दैनिक संक्रमण दर पनि ३।३८ प्रतिशत पुगेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म देशमा २ करोड २० करोड ६ लाख डोज कोरोना खोप दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्