स्थानीय सरकारलाई बजेट र व्यवस्थापनमा कमी: प्रमुख वादी
काठमाडौं । चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले केन्द्रीय सरकारले स्थानीय सरकारलाई अधिकार दिएतापनि बजेट र व्यवस्थापनमा सम्पन्न नबनाएको बताएका छन् ।
सोमबार बिहान रेडियो आहाको “आहा स्थानीय सरोकार ” कार्यक्रममा कुराकानी गर्दै प्रमुख वादीले संघ सरकारले स्थानीय सरकारलाई अधिकार दिएता पनि बजेट र व्यवस्थापनमा कमी गरेको बताएका हुन् ।
प्रमुख वादीले चौरजहारी नगरपालिकाले गर्ने आधारभुत विकास गरेको र अब प्रदेश र संघ सरकारद्वारा गरिने ठूला परियोजनको आवश्यकता भएको बताएका छन् ।
नगरपालिकाको स्टाण्र्डड समेत पूरा नएको चौरजहारी पालिकालाई अहिले ६० प्रतिशतसम्म नगरपालिकाको स्टाण्र्डड पूरा गर्न सफल भएको दावी गरे ।
आत्मनिर्भर, एकतावद्ध र समृद्ध नगरको निर्माण चौरजहारी नगरवासीको पहिचान भन्ने मुलनारालाई आत्मसात गर्दै यस चौरजहारी नगरपालिका क्षेत्रको समृद्धि, समुन्नति र विकासको लागि नगरपालिका परिवार अगाडि बढिरहेको उहाले बताए । उनले शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकताक्रमका क्षेत्र तोकि सोही अनुरुप बजेट बिनियोजन गरी नगरपालिका विकासको पथमा लम्किरहेको बताए ।
उनले चौरजहारी नगरपालिकाले टिनको छाना मुक्त सामुदायिक सकूल अभियान अन्तर्गत ३७ वटा सामुदायीक स्कूलको टिनको छाना मुक्त बनाएको जानकारी दिए । त्यस्तै नगरपालिकाले सुत्केरीको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।
पोषण युक्त खाद्य अभियान चलाएको लगायत कृषि,पर्यटन, खानेपानीको पुर्वाधार विकासमा जोड दिएको बताए । स्थानीय जनप्रतिनिधि प्रत्यक्ष जनतासंग हरेक दिन जोडिने भएकाले सबै गुनासो आफूसंग हुने बताए ।
त्यस समस्याको समाधानको लागि केन्द्र सरकार र प्रदेश को मुख ताक्नु पर्ने अवस्था भएको छ । उनले सरकारले त्यसको समन्वय गरेर अगाडि बढ्न नसको अवस्था रहेको बताए । जनताको आवश्यकता परिपूर्तिका लागि सबै निकार्यसँग सहकार्य गर्न आवश्यक त्यसबाट नै जनताको माग पूरा गर्न सकिन्छ । सबै काम गर्ने चाहना र इच्छाशक्ति हुँदा पनि प्रयाप्त बजेट, प्राविधि जनशक्ति तथा मापडण्डका कारण विकाका फड्को मार्न नसकेको उहाँको तर्क छ ।
वादी उत्थान विास समितिको उपाध्यक्ष समेत काम गरिसक्नु भएका प्रमुख वादीले वादीको लागि संर्घले केहि राहतको समिति गठन गरेता पनि अधिकार र कामबिहिन अवस्थामा थलापारेर राखिएको आरोप लगाए ।
गरिब र पीडितभित्रको नि पीडित वादी समुदायलाई काम बिहिन बनाएको छ । वादीको अधिकार स्थापितका लागि काम गर्ने वादी उत्थान विकास समितिलिाई सक्रिय बनाउन आग्रह गरे । वादी समुदाय वाद्य बजन बजाउने, नाचगान गर्ने, मनोरञ्जन गर्ने /गराउने समुदाय भएको तर आर्थिक अभावका कारण व्यवसायिक रुपमा अगाडी बढेको नसको बताए । लोकतन्त्रमा पनि वादीको अधिकार, जमिन, भोगाधिकारको लागि सधैं संघर्ष गर्नु सान्दर्भिक नभएको बताए । गरिब, उत्पीडित र असहायको लागि लोकतन्त्र हुनुपर्नेमा त्यसो हुन नसकेका उहाँको तर्क छ ।
२०७२ असोज १ गते तत्कलिन विजयश्वरी र कोटजहारी गा.विस.को समायोजन गरी चौरजहारी नगरपालिका घोषणा गरिएको थियो । मन्त्रीपरिषद्को मिति २०७३ फागुन २२ गतेको निर्णयपछि २०७३ फागुन २७ गते स्थानीय तहको नयाँ संरचना बन्यो ।
स्थानीय तहको संरचना निर्माणका क्रममा रुकुमका तत्कालिन चौरजहारी नगरपालिकाका, खोलागाउँका साथै नुवाकोट र पूर्तिमकाँडाका केही वडाहलाई एक ठाउँमा गाभियो । जसको नामाकरण चौरजहारी नगरपालिका भयो ।सल्यान दार्माकोट भएर साविकका नुवाकोट, खोलागाउँ र पूर्तिमकाँडा हुँदै बग्ने जहारीखोला रहेको छ ।
२०७२ अघिका तत्कालिन गा.वि.सहरु विजयश्वरी, कोटजहारी, खोलागाउँ त्यसैगरी पूर्तिमकाँडा गा.वि.सका ४, ५ र ९ र नुवाकोट गा.वि.सका १, २, ४, ५, ६, ७, ८ र ९ नम्बर वडा यस नगरपालिकामा गाभिएका छन् । चौरजहारी नगरपालिकाको क्षेत्रफल १०७।३८ वर्गकिलोमिटर छ भने २०६८ को जनगणनानुसार २७ हजार ४ सय ३८ जनसंख्या रहेको छ ।
विजयश्वरीडाँडा केन्द्र तोकिएको यस नगरपालिकालाई १४ वटा वडामा विभाजन गरिएको छ । चौरजहारी पुरानो बजार, नयाँ बजार, विजयश्वरी, मेलैनाउली, नार्जि, शान्तिबजार, चन्द्रबजार, चौफा बजार, खारैरह, सिलिङ्गी आदि यस नगरपालिकाका मुख्य व्यापारिक केन्द्रहरु हुन् ।यस नगरपालिकामा उपत्यका, टाकुरा र अग्ला लेकहरु पनि रहेका छन् । वडा नम्बर १, २ र ३ मा समथर भू–भाग रहेको छ र्। छ ।
आफ्नै भौगोलिक धार्मिक, ऐतिहासिक, राजनैतिक र सामाजिक महत्व र विशेषता यस नगरपालिकाको छ । यहाँ व्राहमण, क्षेत्री, दलित, जनजाति, अपसंख्यक लगायतको मिश्रित बसोबास छ ।व्राहमण, क्षेत्री, दलित र जनजाति अन्तर्गतका ठकुरी, मगर, कामी, दमाई, कुमाल, बादी, बटाला, बस्नेत, खत्री, भण्डार, ओली, गरी, वनगोसाइँ, विष्ट, पुन, घर्ति, थापा यहाँका जातजातीहरु हुन् ।
धार्मिक तथा साँकृतिक, कृषि र शैक्षिक पर्यटनका लागि चौरजहारी नगरपालिका आकर्षक गन्तव्यका रुपमा रहेको छ । वडा नम्बर २ मा रहेको विजयश्वरी भगवती मन्दिर रहेको छ । यो मन्दिरमा पूजा गरे मनोकाङ्कक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
वडा नम्बर ४ मा रहेको यो मन्दिर सबैभन्दा उचाइमा रहेको छ । यो मन्दिरमा गई दर्शन गरेमा मनोकाङ्कक्षा पूरा हुने, पानी नपरेमा बोका चढाए पानी पर्ने विश्वास गरिन्छ । विभिन्न हिमशृङ्खलाको तथा रुकुम (पश्चिम) का साथै सल्यान र जाजरकोटका विभिन्न ठाउँको अवलोकन समेत गर्न सकिन्छ ।
यस्तै चौरजहारी नगरपालिकाको वडा नं.९ गुर्तालगाउँमा रहेको तिर हान्ने ढुंगा पनि निकै रमणीय ठाउँमा रहेको छ । जाजरकोट सदरमुकाम नियाल्न सकिने तथा भेरी नदिको अवलोकन गर्न सकिने यो स्थलमा कलात्मक ढुङ्गाहरु रहेका छन् । यस्तै मनकोटडाँडा पनि ऐतिहासिक डाँडाको रुपमा रहेको छ । यो डाडाँ हुँदै सिधै गयो भने काठमाडौंको नागढुंगा पुग्न सकिने बुढापाखाहरुको भनाई छ ।
वडा नम्बर २ को देवल र वायुघट्ट पनि रहेको छ । जाजरकोटका तत्कालिन राजा जगतिसेनबाट पत्थरमा कलात्मक रुपमा बिचबिचमा नक्सा हालेर निर्मित देवल र यसभित्र रहेको वायुघट्ट निकै कलात्मक र ऐतिहासिक रहेको छ ।
विभिन्न जातजातिहरुबीचको सामाजिक, साँकृतिक र धार्मिक सहिष्णुता, सद्भाव, सहकार्य र एकता यस नगरपालिकाको मुख्य विशेषता हो । विविध संस्कृतले भरिपुर्ण छ यो नगरपालिका । सोरठी, सिगारु, पैसेरी, तीज, देउसी, भैलो, टप्पा, झ्याउरे आदि नाच विशेष पर्व तथा उत्सवमा मनोरञ्नका लागि नाचिन्छ ।नगरक्षेत्रका सबै समुदायले नाच्ने यो मयुर नाच निकै लोकप्रिय छ ।
यो नाँच नाँच्दा बासुरी मादल तथा अन्य बाजाँगाजाहरुको प्रयोग समेत गरिन्छ । महिला तथा पुरुषले मिश्रित रुपमा नाच्ने यो नाँच निकै आकर्षक अनि रमाईलो हुन्छ । धार्मिक, साँस्कृतिक एवं पर्यटकीय क्षेत्रहरुको संरक्षण सम्बद्र्धन गर्न नगरपालिकाले प्रोत्साहन गर्दै आएको छ ।
बाघ, बाँदर, स्याल, खरायो, मलस्याब्रो, घोरल, रतुवा आदि यस क्षेत्रमा पाइने वन्यजन्तुहरु हुन् । त्यसैगरी चराचुरुङ्गीहरुमा होलेसा, मलेवा, तित्रा, ढुकुर, कालिज, काग, गिद्ध, सुँगा आदि पाइन्छन् । साल, सल्ला, खयर, सिसौं, बाँझ, साज, भिमल, वर, पीपल, खैरी, कोठीमारो, जामुना आदि यहाँका मुख्य वनस्पतिहरु हुन् ।
प्राकृतिक सुन्दरता, सहरीकरण, कृषि, पशुपालन र मौलिकता संस्कृति चौरजहारी नगरपालिको पहिचान हो। विविधताबीचको एकता यहाँ पाउँन सकिन्छ ।प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, उत्पादन र पर्यटनको समग्ररुप चौरजहारी नगरपालिका हो ।














प्रतिक्रिया दिनुहोस्