’ए’ डिभिजन लिग: एपीएफ र संकटा विजयी

काठमाडौं, चैत २० ।  सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले तेस्रो जित निकालेको छ । ललितपुरस्थीत च्यासल मैदानमा सोमबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो ।

एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले एक एक गोल गरे । खेलको ५७ औं मिनेटमा डोम्बियाले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सबिनले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । जितसँगै एपीएफले ६ खेलमा १० अंक जोडेको छ । पुलिसले ६ खेलमा १ अंक जोडेको छ ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा संकटा फुटबल क्लबले एफसी खुमलटारलाई हराएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले खुमलटारलाई १–० गोल अन्तरले हराएको हो । संकटाको जितमा जुनियर ओन्गुएनेले खेलको २७ औं मिनेटमा निर्णायक गोल गरे । संकटाले ६ खेलमा ९ अंक जोडेको छ । खुमलटार ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । प्रतियोगीता अन्तर्गत मंगलबार न्युरोड टीम र चर्च व्याइज तथा जावलाखेल र सातदोवाटोबीच प्रतिष्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्