यस्ता छन् प्रधानमन्त्रीको १०० दिने काम (पूर्णपाठसहित)

काठमाडौं, चैत २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।

गत पुष १० गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले १०० दिनको कामलाई ३७ बुँदामा समेटेको छ ।

परिणाममुखी काम भइरहेकोसमेत दाबी गरिएको छ ।रकारले सय दिनको छोटो अवधिमै पनि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको कार्यान्वयन, सार्वजनिक सेवामा नागरिकहरूको सरल र सहज पहुँचलाई सुनिश्‍चित गर्ने तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको दाबी गरेको छ ।

प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हालेका थिए । प्रचण्डले सरकारको नेतृत्वमा आएपछि मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरुको सम्बोधन, सामाजिक न्यायको प्रवर्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना कामकाजहरु अगाडि बढाइरहेको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्