रवि लामिछानेविरुद्धको रिट दर्ता, भोलि पेसी
काठमाडौं, चैत २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा दर्ता भएको छ।
महान्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने निर्णयविरुद्ध र उनलाई राहदानी दुरुपयोगमा मुद्दा चलाइनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा सोमबार दर्ता भएको हो।
आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए। रिट निवेदनको अध्ययनपछि सोमबार सर्वाेच्च प्रशासनले दर्ता गरेको हो। उक्त रिटमाथिको सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ।















प्रतिक्रिया दिनुहोस्