कुपण्डोलको महिन्द्रा सर्भिसिङ सेन्टरमा आगलागी, सात गाडी जले
काठमाडौं, चैत २० । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ ।
सोमबार बिहान ४ः४० बजेतिर सर्भिस सेन्टर आगो लागेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
उनका अनुसार तत्कालै नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागीमा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटर जलेका छन् ।
एउटा मारुती भ्यान र अन्य ६ वटा गाडी जलेको शाहले जानकारी दिए । घटनाबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको एसएसपी शाहले बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्