यी हुन् मिक्लाजुङ गाउँपालिकाको गर्न र हेर्न लायक नमुना काम

काठमाडौं –  पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४५ वर्षसम्म पनि विबाह नगरेका महिलालाई भक्ता वितरण गरि नमुना कामको थालनी गरेको छ ।

रेडिायो आहा १०४.५ मेगाहज कार्यक्रम “आहा स्थानिय सरोकार” मा उहाँले मिक्लाजुङ गाउँपालिकाले ४५ वर्षसम्म पनि बिवाह नगरेका महिलालाई भक्ता वितरण गरि नमुना कामको थालनी गरेको गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले बताए ।

यसले राज्यले नदेखेको कुरालाई पालिकाले यस्तो कार्य गरेको दावी गरे । उनले जेष्ठ नागरिक, सुत्केरी, असक्त, दलित लगायतलाई सामाजिक भक्ता दिएको भए पनि राज्यले यस्ता कार्य नगरेको  उनको तर्क छ ।

त्यस्तै पालिकाले निजामती कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोरा/छोरीलाई अनिवार्य रुपमा सामुदायीक स्कुलमा अध्ययन गर्न पत्राचार गरेको छ । यो निर्णयलाई यहि शैक्षिक सत्रबाट अनिवार्य कार्यान्वयन गर्ने उनको दावी छ । कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोरा/छोरीलाई सामुदायीक स्कुलमा पढाउँदा अन्यको समेत मन जित्ने उनको भानाई छ । यसले सामुदायीक स्कुलको स्तर र गरिमा बढ्दै जाने उनको दावी छ । यसले विकराल अवस्थामा आएको बसाईसराई रोक्न पनि थप टेवा पुग्ने उनले बताए । गाउँपालिकाका सामुदायीक स्कुललाई जोगाउँदा स्थानीय जनतालाई पनि धेरै राहतको महसुस हुने उनको तर्कछ ।

यस्तै मिक्लाजुङ गाउँपालिकाले कृषि जमिनलाई उपयोग गर्न किसानलाई धेरै राहतका कार्यक्रम ल्याएको छ । किसालाई प्रोत्सहान गर्न प्रोत्सहान पुरस्कार कार्यक्रम ल्याएको हो । श्रमको मुल्यांकन गर्न पालिकाले ४० मुरी धान उत्पादन गर्नेलाई वार्षिक १ लाख रुपैयाँ दिने गरेको छ । यस्तै मकै र आलु धेरै उत्पादन गर्नेलाई पनि १ लाख रुपैयाँ दिने गरेको अध्यक्ष माखिमले बताए । यसले गर्दा यस्तो अवस्थामा पनि पालिकाको कुनै पनि जग्गा बाँजो नभएको उनको दावी छ ।

यस्तै पालिकाले सबै स्थानमा बिजुली वित्त पुर्याएको छ भने २९० थान सोलार प्यानल बालेर टुकी मुक्त समाज बनाएको छ ।अध्यक्ष माखिमले कार्यकालको सुरुवातमा नै ३ सय रोपनी जग्गा नि:शुल्क रुपमा पालिकाको मातहातमाल्याई भौतिक पूर्वाधार बनाएको छ । सुविधायुक्त पालिका भवन, अस्पताल, कृषि केन्द्र, सभाहल, स्कुल वृद्धाआश्रम र आवश्यक भौतिक पुर्वाधार निर्माण गरेको छ ।

त्यस्तै पालिकाले गरिब र निम्न वर्गका बालबालिकालाई पोषण युक्त आहारको कमी हुँदा गरिब र धनीबिचको बालबालिकाको बढाई र अन्य स्तर कम भएको निष्कर्ष सहित गरिब बालबच्चालाई मासिक ५ सय रुपैयाँ पोषण भक्ता दिएको अध्यक्ष माखिमले बताए ।

पालिकाले विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क अध्ययपनको व्यवस्था गरेको छ ।टाढा-टाढा पढ्न जाने विद्यार्थीकलाई निःशुल्क यातायातको व्यवस्था गरेको छ ।

पालिकाले एशियाकै ठूलो बुद्धको मुर्ती बनाएको छ । यस बुद्धको मुर्ती निर्माणले पालिकामा पर्यटन प्रवद्र्धनमा ठूलो फड्को मार्ने र पालिकालाई पर्यटकियस्थिलको रुपमा विकास गर्न टेवा पुग्ने उनले बताए । यसरी मिक्लाजुङ्ग गाउँपालिकाले जनतालाई राहतका साथसाथै गर्न र हेर्न लायक धरै नमुना काम गरेको छ ।

मिक्लाजुङ्ग गाउँपालिका परिचय :
मिक्लाजुङ गाउँपालिका मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित छ । १६६.६१ वर्ग कि.मी. को विशाल क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या २४,५४५ रहेको छ जसमा पुरुषहरुको संख्या ११,२३२ रहेको छ भने महिलाहरुको संख्या १३,३१३ रहेको छ भने घरधुरी संख्या ५५५० रहेको छ । वि।सं. २०७३-११-२७ गते राजपत्रमा सुचना प्रकाशित भएसँगै र पछिल्ला सचिवस्तरीय निर्णय सँगै देशका विभिन्न ७५३ वटा स्थानीय तह भए सँगै यो गाउँपालिका पनि अस्तित्वमा आएको छ । स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ८ वटा वडामा विभाजन गरिएको छ । साविकका साराङडाँडा, रवि, आरुवोटे, कुरुम्बा, लिम्बा र दुर्दिम्बा गा।वि।स।लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो ।

यस गाउँपालिकाको पूर्वमा इलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा तुम्बेवा गाउँपालिका, उत्तरमा फाल्गुनन्द गाउँपालिका र दक्षिणमा चौबिसे गाउँपालिका र माङ्सेबुङ गाउँपालिका रहेका छन् ।

यो गाउँपालिका पाँचथर जिल्लाको दक्षीण पश्चीम क्षेत्रको दुर्गम स्थानमा रहेको गाउँपालिका हो । यस गाउँपालिकामा १५ प्रतिशत राई १२ प्रतिशत तामाड्ढ २ प्रतिशत सुनुवार १० प्रतिशत क्षेत्री बाहुन र ५५ प्रतिश्त लिम्बु २ प्रतिशत दलित ३ प्रतिशत मगर १ प्रतिशत नेवार जातीको बसोबास रहेको छ ।

यो गाउँपालिका सदरमुकाम फिदिम देखी लगभग ४९ कि।मि। टाडा रहेको छ ।यसमा प्राकृतिक सम्पदा मिक्लाजुङ डाडा,जरीबुटृे डाडा,छालासुक्वा डाडा,यबराङ छांगा लगायत अन्य थुप्रै प्राकृतिक सम्पदा हरुले सजिएर रहेको गाउँपालिका हो । यस गाउँपालिकालाई ८ वडामा बिभाजन गरीएको छ । यसमा आदिबासी जनजातीको बाहुल्य रहेको छ ।

ऐतिहासिक सन्दर्भ र पृष्ठभूमिः

पूर्वी नेपालको पाँचथर जिल्लाको सुदरदक्षिण गाउँपालिका हो । सदरमुकाम ५६ किलोमिटर दुरीमा गाउँपालिका केन्द्र प्रर्दछ । राज्यपुनंसंरचना हुने क्रममा तत्कालीन सराङडाँडा, आरुबोटे, रवि, कुरुम्बा, लिम्बा र दुरदिम्बा गा।बि।स। थियो । आठ वडामा बिभाजन गरेर बनाइएको छ । साबिक साराङडाँडा गा।बि।स।को १–४ लाई १ नम्बर र ५–९लाई २ नम्बर वडा बनाएको छ । साबिकै आरुबोटे सा।बि।स।लाई गाउँपालिकाको वडा नम्बर ३ बनाइएको छ । साबिक कुरुम्बाकोे १–८ वडालाई गाउँपालिकाको ५ नम्बर नम्बर वडा बनाइएको छ । कुरुम्बाको ९ नम्बर र लिम्बाको १,३ र ९ वडालाई मिलाएर गाउँपालिकाको ६ नम्बर वडा बनाईएको छ । तत्कालानि लिम्बा गा.बि।स.को ४–८ वडालाई गाउँपालिकाको ७ नम्बर वडा बनाएको छ । त्यसैगरि तत्कालिन दुर्दिम्बा गा.बि.स.लाई गाउँपालिकाको ८ नम्बर वडा बनाइएको छ ।

धार्मिक, सास्कृती तथा पर्यटकिय क्षेत्रः

मिक्लाजुङ गाउँपालिकामा प्रकृती र कृतीम सुन्दरथाले सजिएका स्थानहरुछन् । धार्मीक तथा सांस्कृती लगायतका थुर्पै पर्यटकिय स्थलहरु रहेकाछन् । मिक्लाजुङ डाँडा, लेकगाउँ, गुधला, यावरङ झरना, भुजला पोखरी, कमल पोखरी, बेहुली ढुङ्गा, चमेरे गुफा, सप्तकन्याताल, थोक्पेचोम्मा माङहिम, ढेङ्गेनी जस्ता सास्कृती र प्राकृतकि स्थलछन् । पुरानो रबि बजार, सप्तमी, चिसापानी, ६ नं बुधबारे आरुबोटे बजार केन्द हुन । सेन्छेलुङ चिया बगान, बुद्ध पार्क, स्वर्गपुरी मन्दिर, बौद्धगुम्बा जस्ता दर्जनौ धार्मीक तथा पर्यटकिय स्थल रहेकाछन् । स्थानीय तहबाट यहाँका कलासंस्कृती संरक्षणका लागि बजेट बिनियोजन गरि निर्माण तथा संरक्षणका काम भैरहेकाछन् । मठमन्दिर तथा गुम्बाहरुको निमार्ण हुदैछन् । अल्पकालिन तथा दिर्घकालिन योजना अन्तरगत कामहर भैरहेको छ । यस्ले आन्तरीक तथा बाह्रय पर्यटकहरुको आगमन हुन थालेको छ ।

शिक्षा, स्वास्थ्य तथा प्रशासनिक सेवाः
रबि इलाका प्रहरी कार्यालय सहित चार स्थानमा प्रहरी चौकी रहेकाछन् । ६ नम्बर बुधबारेमा नेपाली सेनाको सुरक्षा एकाइ छ । इलाका र अतिरिक्त्त हुलाका कार्यालय ८ स्थानमा छन् । प्राथमिक स्वास्थ्य केन्द्र १, स्वास्थ्य चौकीहरु ५ सामुदायिक स्वास्थ्य इकाइ ३ गरी जम्मा ९ स्वास्थ्य केन्द्र । १ एफ।एम। रेडियो, रेडियो रबि, २ वटा बैकहरु कृषि विकास बैंक र सिभिल बैंक तथा १ फाइन्नास गोर्खाज फाइन्नास रहेका छन् । १ क्याम्पस, रबि क्याम्पस, ११ माध्यमिक ४५ आधारभुत बिद्यालय, ४५ बालबिकास केन्द्र रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्