पूर्व नासु घिमिरेविरुद्ध सवा २ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, चैत १९ ।  बजेटमा करको दर हेरफेर गरेको आरोप लागेका पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (आइतबार) विशेष अदालतमा पूर्व नासु घिमिरेविरुद्ध दुई करोड १४ लाख ४६ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

उनले पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा वैधानिक आयभन्दा२ करोड रुपैयाँ बढी सम्पत्ति देखिएको आयोगल जनाएको छ।

घिमिरे २०५२ कात्तिक२८ देखि सरकारी सेवामा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्