उपनिर्वाचन : राप्रपाले तीनै क्षेत्रको उम्मेदवार टुङ्गो लगायो, गठबन्धन नगर्ने

काठमाडौं, चैत १९ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो बैसाख १० को उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

राप्रपाले बैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसअघि मंसिरको निर्वाचनमा राप्रपाको गठबन्धन एमालेसँग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्