वसन्त ऋतुमा नेपाल घुम्न आउने पर्यटक करिब लाख पुगे, कुन देशबाट कति ?

काठमाडौं, चैत १९ । मार्च महिनामा करिब १ लाख पर्यटक भित्रिएका छन्। वसन्त ऋतुमा नेपाल घुम्न आउने पर्यटक करिब लाख पुगेका हुन्।

पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार २०२३ को मार्चमा ९९ हजार ४२६ पर्यटक भित्रिएका छन्। २०२२ को मार्चमा भने ४२ हजार पर्यटक मात्रै रहेका थिए।

कोरोना सुरु हुँदा २०२० मा ४२ हजार ७७६ पर्यटक रहेका थिए। कोभिडअघि भने १ लाख २७ हजार पर्यटक भित्रिएका थिए।

सबैभन्दा बढी पर्यटक २५ हजार ९११ भारतबाटै आएका छन्। दोस्रोमा ९ हजार ५५७ अमेरिकाबाट, बेलायतबाट ६ हजार १३३, जर्मनीबाट ४ हजार १४९ र श्रीलंकाबाट ३ हजार ८९८ पर्यटक भित्रिएका छन्।

छिमेकी मुलुक चीनबाट भने २ हजार ६३५ मात्रै भित्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्