बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं , चैत १९ । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीले बताएको छ ।

कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

बैठकले बारा, चितवन र तनहुँमा ०७९ को निर्वाचनमा भन्दा पहिला स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेको नेताहरुमाथि गगरिएको कारबाही फुकुवा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्