प्रधानमन्त्रीले टिचिङ पुगेर लिए राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी

काठमाडौं, चैत १९ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति पौडेललाई आज बिहान भेटेर प्रधानमन्त्री प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।

पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्