समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं, चैत १९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य भएको बताएका छन् । उनले राजनीतिक स्थायित्व भए मात्र विकास र समृद्धि हुने बताएका छन् ।

देश किन बनेन भनेर चिन्ता गर्नेहरु राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्नु पर्ने महासचिव पोखरेलको भनाई छ । ‘बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्प पूरा गर्न तनहुँ–१, चितवन–२ र बारा–२ मा सूर्य ध्वजाबाहक उम्मेदवारलाई विजयी बनाउने अभियानमा जुटौं ।’

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ । देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौं ।’

आगामी वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचनमा हुँदैछ । एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा–२ मा उम्मेदवार तोक्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्