कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं,। १९ चैत। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आइतबार ९आज० बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्केन लागेको हो । काँग्रेस कार्यलयको मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुासर बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल छ ।
सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन । संस्थापन र इतरसमुहबिच कुरा नमिल्दा मन्त्रीमा कुन मन्त्रालय र कसलाई दिने भन्ने निर्णय गर्न कठिन भएकाले यसलाई आजै टुङ्गो पुर्याउने भएको छ । काँग्रेसले आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये चार मन्त्रालय सम्हाल्ने मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाउन बाँकी छ । गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले चार जना मन्त्रीमात्र पठाएको थियो । आजको बैठकले सबै मन्त्रीको टु¥्गो लगाउनुका साथै समसामयीक रमजनीतिक बजेयडामा समेत छलफल हुन स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्