मन्त्रिपरिषद्‌मा खड्का दोस्रो र श्रेष्ठ तेस्रो वरीयतामा, कसलाई कुन मन्त्रालय ?

काठमाडौं, चैत १७ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् सातौँपटक पुनर्गठन भएको छ । तर, अझै पूर्णता पाउन सकेको छैन ।

आजै मात्र खानेपानी मन्त्रीबाट अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । उनी बाहिरिएसँगै १७ सदस्यीय मन्त्रिपरिषद् भएको छ । अब थप आठ जनाको नियुक्तिपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।

आज कांग्रेसका चार, नेकपा (एकीकृत समाजवादी)का दुई, जनता समाजवादी पार्टी (जसपा)का एक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक, नागरिक उन्मुक्तिका एक, माओवादी केन्द्रका एक र नेपाल समाजवादी पार्टीका एक गरी ११ जना मन्त्रिपरिषद्मा थपिएका हुन् ।उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

विस्तारित मन्त्रिपरिषद्मा दोस्रो वरीयातासहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनेका छन् । माअ‍ोवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतासहित उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन

पुष्पकमल दाहाल ‘प्रचण्ड’ : प्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या
पूर्णबहादुर खड्का : उपप्रधानमन्त्री, रक्षा
नारायणकाजी श्रेष्ठ : उपप्रधानमन्त्री, गृह
डा. बेदुराम भुसाल : मन्त्री, कृषि तथा पशुपन्छी विकास
अशोककुमार राई : मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि
शरतसिंह भण्डारी : मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. प्रकाशशरण महत : मन्त्री, अर्थ
महिन्द्र राय यादव : मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
शक्तिबहादुर बस्नेत : मन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ
रेखा शर्मा : मन्त्री, संचार तथा सूचना प्रविधि
सुदन किराती : मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी : मन्त्री, सघीय मामिला तथा सामान्य प्रशासन
प्रकाश ज्वाला : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
रञ्जिता श्रेष्ठ : मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
रमेश रिजाल : मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति
सिता गुरुङ : मन्त्री, सहरी विकास
सुशिला सिर्पाली ठकुरी : राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

प्रतिक्रिया दिनुहोस्