देउवालाई शेखरको सन्देश- ‘सम्मानजनक सहभागिता नभए हाम्रो समूह सरकारमा जाँदैन’
काठमाडौं, चैत १७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सन्देश पठाएका छन् । उनले सम्मानजनक सहभागिता नभए आफ्नो समूह सरकारमा नजाने चेतावनी दिएका हुन् ।
बिहान शेखर कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारसँग आज बिहान छलफल गरेका थिए । छलफलपछि शेखरले देउवालाई सन्देश पठाएका हुन् ।
कांग्रेसबाट मन्त्री बन्ने ८ नाममध्ये उपसभापति धनराज गुरुङ डिगबहादुर लिम्बू कोइराला समूहका छन् । तर शेखर समूहले तीन मन्त्रालय नपाए नाम नदिने चेतावनी दिँदै आएको थियो ।















प्रतिक्रिया दिनुहोस्