मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ:  ओली

काठमाडौं, चैत १६ ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको कार्यक्रममा उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताए ।

‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौं । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ’, उनले भने ।

पायो भन्दैमा जहाँतहींबाट ऋण लिन नहुने बताउँदै अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले फागुन १ गते बिदा दिने सरकारकाे निर्णयको पनि आलोचना गरे । उनले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहने गरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने बताए ।

प्रतिक्रिया दिनुहोस्