गठनबन्धनमा टुंगियो भागबण्डा, कुन दलले कुन मन्त्रालय पाए ?
काठमाडौं, चैत १६ । सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगाएका छन् ।
नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २-२, लोसपा, नागरिक उन्मुक्ति, आमजनता पार्टी र नेसपाले १-१ मन्त्रालय पाउने भएका छन् भने जनमत पार्टीले एक राज्यमन्त्री र एक मन्त्रालय पाउने भएको छ ।
जस अनुसार नेपाली कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, भूमि व्यवस्था, सामान्य प्रशासन, स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ ।
त्यस्तै माओवादी केन्द्रले गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको हो ।
त्यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने निश्चित भएको छ भने जसपाले शिक्षा र कृषि मन्त्रालय पाएको छ ।
त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद, लोसपाले श्रम मन्त्रालय पाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकार विस्तार गरेर नयाँ मन्त्रीको शपथ गराउने तयारी गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्