एपीएफको ‘ह्याट्रिक’ : कोशी प्रदेशलाई हराउँदै जित्यो ‘ललितपुर मेयर कप’ को उपाधि

काठमाडौं, चैत १६ ।ललितपुर मेयर कप महिला टी–२० प्रयोगिताको तेस्रो संस्करणको उपाधि पनि एपीएफ क्लबले जितेको छ ।

तेस्रा संस्करणको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै विभागीय टोली एपीएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।

ब्याटर सीता र इन्दुको १३७ रनको कीर्तिमानी साझेदारी गर्दा एपीएफले १५४ रन बनाउको थियो ।

एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०० रनमै सीमित भयो ।

प्रतिक्रिया दिनुहोस्