एसीसी प्रिमियर कप खेल्ने प्रारम्भिक टिमको घोषणा, को को परे ?

काठमाडौं, चैत १५ ।   नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टिमको घोषणा गरेको छ । बुधबार क्यानले २१ जना प्रारम्भिक खेलाडी चयन गरेको हो ।

प्रारम्भिक टिममा देव खनाल, किशोर महतो, सुर्य तामाङ, जस्ता खेलाडीलाई समावेश गरिएको छ ।

एसिया कप छनौटको यो एसीसी प्रिमियर कप नेपालमै हुदै छ । आगामी वैशाख ५ (अप्रिल १८) देखि बैशाख १८ (मे १) सम्म हुने प्रतियोगिताका खेल टीयू क्रिकेट मैदान र मूलपानी स्टेडियममा हुनेछन् । नेपालले उद्घाटन खेलमा मलेसियाको सामना गर्नेछ ।

कुल १० टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ ।

यस प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसीसीले जनाएको छ ।

प्रारम्भिक टिम: कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ सेख, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिस जिसी, ललित राजबंशी, सन्दीप जोरा, श्याम ढकाल, कमल सिंह ऐरी, अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र देव खनाल ।

एसीसी प्रिमियर कपको तालिका :

प्रतिक्रिया दिनुहोस्