भागबन्डा मिलाउन जुटे सत्ता साझेदार दलका शीर्ष नेता
काठमाडौं, चैत १५ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मन्त्रालय भागबन्डाका विषयमा छलफल भइरहेको छ ।
मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनका दलबीच पुनः आज बिहानैदेखि छलफल भइरहेको हो । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
यस्तै बैठकमा सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउने विषयमा पनि छलफल हुनेछ । पहिला न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाउने प्रयास भइरहेको नेताहरू बताउँछन् ।















प्रतिक्रिया दिनुहोस्