चोरीपैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा एक जनालाई नियन्त्रण
काठमाडौं, १४ चैत । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरीले करीव १ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित सोही जिल्लाको ओमसतिया गाउँपालिका २ पडसरी बस्ने ४० वर्षिया पुजा थापालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डाले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका थापालाई बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।
प्रतिक्रिया दिनुहोस्