प्रहरी संगठनमा सुधार आवश्यक छ : महानिरीक्षक कुँवर
काठमाडौं, चैत १२ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले आइतबार दज्र्यानी चिह्न लगाएका छन्।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले उनलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन्। कार्यक्रममा उनले नेपाल प्रहरीको आन्तरिक सुधार कार्यकालको पाथमिकतामा रहेको बताए ।
उनले भने ‘नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण गर्ने मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म कति पनि डगमगाउने छैन। प्रहरी संगठनमा सुधारको आवश्यकता छ । संगठन सुधारमा मेरा प्रयास रहनेछ । दिन गनेर बस्ने छुट मलाई छैन।’
कार्यक्रममा उनले प्रहरीका कमजोरी लुकाउन आवश्यक नरहेको बताए। कमजोरी लुकाएर संगठनको सुधार नहुने दाबी गर्दैै उनले भने,‘‘प्रहरी संगठन कस्तो छ भन्ने बिषय लुकाइ राख्नु पर्ने आवश्यकता छैन । यसलाई लुकाएर राख्दैमा संगठन सुधार हुन्छ भन्ने लाग्दैन।’
कार्यक्रमा उनले नागरिकलाई शान्ती सुरक्षा र कानूनी राज्यको प्रत्याभूति दिलाउने प्रतिवद्धता जनाए। गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई आईजीपीमा नियुक्त गरेको थियो।














प्रतिक्रिया दिनुहोस्