साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस खेल्दै

काठमाडौं, चैत ११ । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस खेल्दैछन् । खेल बङ्लादेशको ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजेदेखि सुरु हुनेछ।

नेपाल २ खेलमा ३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग ४–१ गोल गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० गोलले हराएको थियो । रुसले पहिलो खेलमा बङ्लादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो।

प्रतियोगितामा आयोजक बङ्लादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । नेपालले अर्को खेल मङ्गलवार आयोजक बङ्लादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया दिनुहोस्