नेपाल प्रहरीको महानिरीक्षकमा वसन्त कुँवर नियुक्त
काठमाडौं, चैत १० । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा भएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपी बनाउने निर्णय गरेको हो।
एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बनेका छन्। धिरजप्रताप सिंह आजैदेखि बिदा हुने भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बनेका हुन्।
गत असारमा डीआईजीमा पहिलो नम्बरमा बढुवा गरसँगै उनी आईजीपीको प्रमुख दाबेदार बनेका थिए। सरकारले गतसाता पहिलो नम्बरमा नै एआईजीमा पनि बढुवा गरेको थियो।शनिबारदेखि प्रहरी नेतृत्व सम्हाल्ने कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन्।
संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले ३० वर्षे हटे आईजीपीको कार्यकाल लम्बिने छ।
आईजीपीका लागि कुँवरसँगै एआईजीभएका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य दाबेदार थिए।














प्रतिक्रिया दिनुहोस्