महिला एसियन क्वालिफायरको दोस्रो चरणमा नेपाल समुह बि मा, कुन कुन देशसँग खेल्दै छ ?

काठमाडौं, चैत ९ ।  एएफसी यू-२० महिला एसियन क्वालिफायरको ड्र सार्बजनिक गरिएको छ । विहिबार सार्बजनिक गरिएको ड्र मा नेपाल समुह बिमा परेको छ । समुह बि मा नेपालसहित चीन, म्यान्मार र चाइनिज ताइपेइ रहेका छन् ।

नेपालले आगामी जुन महिनामा दोस्रो चरणको यो क्वालिफायर प्रतियोगिता खेल्ने भएको छ । दोस्रो क्वालिफायरका खेलहरु जुन ३ देखि ११ सम्म हुने एएफसीले जनाएको छ ।

नेपाल आफ्नो समुहमा शिर्ष दुई मा पर्न सकेमा एएफसी यू-२० एसियाकपका लागि छनौट हुने छ ।त्यस्तै समुह ए मा अस्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।

अहिलेसम्म यू-२० एसिया कपका लागि उज्बेकिस्तान, जापान, उत्तर कोरिया र दक्षिण कोरिया छनौट भैसकेका छन् । एसियन फुटबल फेडेरेसनले खेलको आयोजक भने टुंगाउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्