सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनका बारेमा छलफल हुने

काठमाडौं, चैत ८ ।  सत्ता गठबन्धनमा रहेका १० दलको बैठक बस्ने भएको छ ।आज बेलुका ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठन तथा भागबन्डाका विषयमा छलफल हुने छ ।

गठबन्धनमा रहेको एक घटक नेपाली कांग्रेसका अनुसार आजको बैठकले एउटा निर्णय लिएर सरकारमा सहभागी गराउने बारेमा कुराकानी हुने छ ।

सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्