बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज दोस्रो पटक विश्वासको मत लिँदै
काठमाडौं, चैत ८ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन्।
आज दिउँसो ३ बजे सुरु हुने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतलिने सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै संसदबाट विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई लिएर गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच विवाद देखिएको छ ।
सत्ता साझेदारीका लागि अन्तिम तयारी गरिरहेका दुई दलबिच मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई लिएर मतभेद देखिएको हो । कांग्रेस सत्ता भागबण्डाको टुङ्गो भएपछि मात्र विश्वासको मत लिनुपर्ने पक्षमा छ । माओवादी केन्द्र भने पहिले विश्वासको मत टुङ्ग्याएर अन्य प्रक्रियामा लाग्नुपर्ने पक्षमा देखिएको छ ।
राष्ट्रपतिको निर्वाचनसँगै संघमा पुरानो गठबन्धन ब्यूतिएपछि प्रदेशसरकार पनि पुनर्गठन हुन लागेका हुन्। तर एमाले भने प्रदेश सरकारबाट बाहिरिसकेको छैन।















प्रतिक्रिया दिनुहोस्