टुँडिखेलमा मनाइयो घोडेजात्रा (तस्वीरहरू)

काठमाडौं , चैत ७ । काठमाडौं उपत्यकामा शुक्रबार घोडे जात्रा पर्व मनाइएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। उक्त समारोहमा घोडचढीहरूले विभिन्न कला प्रदर्शन गरेका छन् । घोडेजात्राको रौनकले टुँडिखेलको माहौल नै तताएको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्व सहभागी हुने गर्छन् ।

टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलनअनुसार घोडेजात्रा मनाउन थालिएको किम्वदन्ती छ ।

जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ ।

Ghode jatra 1
Ghode jatra 2
Ghode jatra 2
Ghode jatra 3
Ghode jatra 3
ghode 5 1536x998 1
ghode 3 1536x990 1
ghode 4 1536x1056 1
ghode 7 1536x975 1
ghode 8 1536x899 1
ghode 9 1536x959 1
ghode 10 1536x899 1

Ghode jatra 1

प्रतिक्रिया दिनुहोस्