सरकारमा गएर अब नयाँ शैलीमा काम गर्नुपर्छ: प्रदीप पौडेल

काठमाडौं, चैत ७ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा गएर नयाँ शैलीमा काम गर्नुपर्ने बताएका छन्।

नेपाल ट्रेड युनियनले आज चितवनमा गरेको कार्यक्रममा बोल्दै पौडेलले नयाँ शैलीमा काम गर्ने गरी सरकारमा जानुपर्ने बताए।

‘सरकारमा जाँदै गर्दा अब हामीले नयाँ शैलीमा काम गर्नुपर्नेछ। जनताका काम गर्दै सकारात्मक सन्देश दिने गरी नै सरकारमा जानेबारे छलफल भइरहेका छन्,’ उनले भने, ‘हामी अब ५ वर्ष नै सरकारमा रहने अवस्था बन्न सक्छ। राम्रो काम गर्न सकियो भने बल्ल ५ वर्षपछिको चुनावमा एक्लै लड्न सकिन्छ।’

उनले योग्य मानिसहरूले अवसर पाउने परिस्थिति निर्माण गर्नुपर्ने पनि बताए। देशमा सुशासन र पद्धति तथा भ्रष्टाचार हुँदा विदेशिने बढिरहेको बताए। उनले सरकार बनाउने सन्दर्भमा गठबन्धन स्वभाविक हुने पनि बताए।

प्रतिक्रिया दिनुहोस्