पहिलो खेलमा नेपाल भारतसँग पराजित
काठमाडौं, चैत ६ । बंगलादेशको ढाकामा आजदेखि शुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।यस खेलमा भारतले नेपाललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
भारतको जितमा शिलजी शाजीले ह्याट्रिक गरेकी थिइन् भने पूजाले एक गोल गरेकी थिइन् । त्यस्तै नेपालका लागि एक गोल बर्षा ओलीले फर्काएकी थिइन् ।
यू–१७ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ ।
नेपालले अब मार्च २२ मा भुटान, २६ मार्चमा रसिया र २८ मार्चमा आयोजक बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया दिनुहोस्