प्रधानमन्त्री प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत
काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट उनले नेपाली कांग्रेससहित १० वटा दलबाट विश्वासको मत पाएका हुन्।
प्रचण्डलाई विश्वासको मतको पक्षमा १७२ मत परेको हो। मतदानमा उपस्थित २६२ जनामध्ये प्रस्तावको विपक्षमा ८९ मत परेको छ। उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिएका हुन्।
१ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए ।















प्रतिक्रिया दिनुहोस्