संसदमा प्रधानमन्त्रीको जवाफ : प्रक्रिया पुर्याएरै गठबन्धन फेरेका हौं
काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू प्रक्रियागतरूपमै अगाडि बढेको स्पष्ट पारेका छन् । विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफूहरू अराजक ढंगले अघि नबढेको र संविधानबमोजिम प्रक्रिया पुर्याएरै अघि बढेको प्रस्टीकरण दिएका हुन् ।
दुई महिनापछि दोस्रोप टक विश्वासको मत लिइरहेका प्रधानमन्त्री प्रचण्डमाथि अर्को दुई महिनापछि पनि यस्तै अवस्था त आउने होइन भन्ने विषयमा प्रश्न उठेको थियो। यसमा विषयमा उनले थपे, ’पक्कै पनि सहज भएको छैन । दुई महिनाअघि यसैगरी विश्वासको मत लिएको थिएँ। फेरि दुई महिनापछि के हुने भन्ने चिन्ता छ । यस खालको चिन्ता लिनु स्वभाविक पनि हो । त्यसको समाधान खोजिनु पर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।
उनले गठबन्धन फेरबदल प्रक्रियागतरूपमा भएको बताएका छन् । नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डले किन गठबन्धन फेरे भन्ने विषयमा प्रश्न उठाएका थिए । त्यसको जवाफ माओवादीका सांसद देवेन्द्र पौडेलले संसद विघटनलाई ठीक ढंगले ब्यख्या गरेको भन्दै गठबन्धन फेरेको बताएका थिए ।















प्रतिक्रिया दिनुहोस्