मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमा आन्दोलनकारीको ढुङ्गामुढा प्रहार

काठमाडौं, चैत ६ ।  कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा तोडफोडको प्रयास भएको छ ।

सोमबार सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग हुने झण्डा समेत झिकिदिएका हुन् ।

कोसी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डा समेत देखाएका थिए ।
कोसी प्रदेश नामकरणको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायत पदाधिकारीहरुले मुख्यमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन् ।

मुख्यमन्त्री कार्की भने आइतबारदेखि ओखलढुङ्गामा छन् । सोमबार उनी सिद्धिचरण नगरपालिका १ मा एक कार्यक्रमका लागि हिँडेका बेला अवरोधसहित उनी सवार गाडीमा ढुङ्गामुढा र तोडफोड प्रयास भएको हो ।

कोसी प्रदेशका विभिन्न स्थान साथै संघीय राजधानी काठमाडौंमा पनि पहिचान पक्षधरहरूले कोसी नामकरणको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्