उपराष्ट्रपति यादवले लिए सपथ

काठमाडौं, चैत ६ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन्।

गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्