नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सव सम्पन्न, कोषको लागानी २ खर्ब नाघ्यो

काठमाडौं, ५ । नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । कोषले आइतरबा। विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव सम्पन्न गरेको हो ।
कार्यकारी निर्देशक रमण नेपालले कोषको लगानी २ खर्ब नाघेको जानकारी दिएका छन् । उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ छ । यस अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको छ ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरले नागरिक लागनी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताए । घिमिरले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन थालेको उनको भनाइ छ । उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोष प्रति आकर्षण बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा।डा।सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ कार्य गरिरहेको बताए । उनले आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउने एवम् रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै लैजानुपर्ने बताए । उनले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत–साधन अनुसार कार्यरत कर्मचारीको सेवा–सुविधा परिमार्जन हुँदै आएको बताए ।

कोषका कार्यकारी निर्देशक रमण नेपालका अनुसार कोषले लगानी गर्दा सुरक्षित र प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिइ लगानी बढाउँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्