मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

काठमाडौं, ५ चैत । ललितपुरको ग्वार्कोमा सरकारी मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु भएको छ।

गएराति सवा ८ बजे ललितपुर महानगरपालिका (१७ ग्वार्को चोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दीविक्रम शाहले जानकारी दिए।

धादिङ धुनिबेशी नगरपालिकाको बागमती प्रदेश ०२(००१ व २२४७ नम्बरको मोटरसाइकलले साइकल चालकलाई ठक्कर दिएको हो।

काभ्रे बेथानचोक गाउँपालिका(२ घर भई ललितपुर(१७ भेल्पा सातदोबाटो बस्ने ३४ वर्षीय बुद्धराज तिमिल्सिना घाइते भएका थिए।

उनको उपचारको लागि बिएन्डबी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको हो।

मोटरसाइकल चालक धुनिबेशी नगरपालिका(७का ३८ वर्षीय तुलसीराम गिरी घाइते छन्।

उनको बिएन्डबी अस्पतालमा उपचारपछि थप उपचारको लागि ट्रमा सेन्टर रिफर गरिएको छ। उनी उक्त नगरपालिकामा कार्यरत कर्मचारी हुन्।

प्रहरीका अनुसार उनको अवस्था मध्यम छ। दाहिने घुँडा र टाउकोमा चोट लागेको छ।

दुबै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्