स्वतन्त्र विद्यार्थी युनियन

काठमाडौं, ५ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन १४ वर्ष पछि आज हुँदै छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ ।

केही क्याम्पसबाहेक देशभरका सबै आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा मतदान भइरहेको छ ।
मतदानस्थललाई सुरक्षित बनाउन सुरक्षाकर्मी खटिएका छन् । बिहान ८ बजेपछि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म हुनेछ ।

त्रिविका १३ क्याम्पसमा भने आन्तरिक विवादका कारण चुनाव स्थगित भएको छ । ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन भइरहेको छ ।

स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

प्रतिक्रिया दिनुहोस्