कैलालीको धनगढीमा ४ पार्टीको जुलुसमा प्रहरी हस्तक्षेप, १६ जना घाइते

। कैलालीको धनगढीमा चारवटा पार्टीले निकालेको जुलसमा प्रहरीले हस्तक्षेप गर्दा १६ जना घाइते भएका छन् ।

धनगढीको ट्राफिक चौराहामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी  र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संयुक्त रुपमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो ।

जनआन्दोलन दिवसको अवसर पारेर उनीहरुले प्रदर्शन गरेका थिए । २०४६ साल चैत २४ गते संयुक्त जनआन्दोलन संयोजन समितिले आन्दोलन सुरु गरेको थियो ।

नेपालका धेरैजसो कम्युनिस्ट पार्टीले यसै दिनलाई जनआन्दोलन दिवसको रुपमा मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्