तोकियो सरकारी कर्मचारीको खाजा खाने समय

काठमाडौं, चैत ३ ।  सरकारले सरकारी कर्मचारीको लागि खाजा खाने समय तोकिदिएको छ।

२०८० सालको सार्वजनिक बिदाको सूचीसहित सरकारले खाजा खाने समय समेत तोकिदिएको हो।

खाजाका लागि कर्मचारीले दिउँसो साढे १ देखि २ बजेसम्मको समय पाएका छन्। सरकारी कार्यालयका कर्मचारीहरू खाजाका लागि भन्दै सेवा प्रभावित गरेर आफूखुसी हिँड्ने गरेका थिए।

अधिकाशं सरकारी कार्यालयमा खाजा समय भनेर १ देखि २ बजेसम्म सरकारी काम प्रभावित हुने गरेको थियो।

गृहसचिव विनोद प्रकाश सिंहले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी विदाको तालिका सार्वजनिक गरेका हुन्।

फागुन १ गते जनयुद्ध र पुस २७ गते राष्ट्रिय एकता दिवसको बिदा पनि राजपत्रमा सूचीकृत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्