पुरुष उम्मेदवार उठाएर १० दलले संविधानको मर्ममाथि प्रहार गरेः उम्मेदवार शाक्य

काठमाडौं, चैत ३ ।  उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालिएको बताएकी छिन्।

शुक्रवार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन्। उनले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसावबाट काम गर्न नसकेपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिने बताइन्। उनले आफू उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको बताइन्।

उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाइन्।

उनले भनिन्, ‘यो मेरो चाहनाको विषय भन्दा पनि आवश्यक्ताको विषय हो। पार्टीले पनि त्यो आवश्यक्ता महशुस गर्यो, स्थितिले पनि महशुस गरायो। यो अधिकार सम्पन्न पद होइन तर यो गरिमामय पद हो। त्यहाँ बसेर राजनीतिक हिसावले अधिकार नभएपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिन्छ। म जित्नेमा ढुक्क छु। १० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने, संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो।’

उम्मेदवार शाक्यले उपराष्ट्रपतिमा आफू विजयी हुने दाबी गरिन्

प्रतिक्रिया दिनुहोस्