बेलारुसमा अलपत्र पारिएका नाै जना नेपाली महिलाको उद्दार गर्न एकीकृत समाजवादीको माग

काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै मेन पावर कम्पनीले बेलारुस पु¥याएर ९ जना नेपाली महिलालाई अलपत्र पारेका छन् । लामो समयदेखि उनीहरुलाई रोजगारी नदिएर अलपत्र पारेको समाचार विभिन्न मिडियामा आएपछि नेकपा एकीकृत समाजवादीले सो समाचारप्रति ध्यानाकर्षण जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्काएर आफूहरुलाई भिजिट भिसामा त्यहाँ पु¥याएको अहिले अलपत्र बनाएको भन्दै उनीहरुले सामाजिक सञ्जाल टिकटक लाईभबाट उद्दार गर्न आग्रह गरेका छन् । तर, उनीहरुले बेलारुस लैजाने कम्पनी र एजेन्टको नाम भने बताएका छैनन् ।

उनीहरुले आफूहरुलाई उद्दार गर्न समाजिक सञ्जालमार्फत हारगुहार गरेको कुरा सञ्चार माध्यममा आएकाले यथासिघ्र उद्दार गर्न एकीकृत समाजवादीले सरकारसँग माग गरेको छ ।

एकीकृत समाजवादीले बिहीबार विज्ञाप्ति जारी गर्दै बेलारुसमा अलपत्र पारिएका उनीहरुलाई उद्दार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘बेलारुसमा ९ जना नेपाली महिलाहरु लोमो समयदेखि अलपत्र पारिएको समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

हाम्रो पार्टी यो गमभीर तथा संवेनशील परिस्थिितिलाई मध्यनजर गर्दै अलपत्र परेका नेपालीहरुलाई तत्काल उद्दार गरी स्वदेश फर्काउन नेपाल सरकारसँग माग गर्दछ ।’

साथै, उनीहरुलाई प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाउने व्यक्तिलाई कानुनी दायरमा ल्याएर कारबाही गर्नसमेत एकीकृत समाजवादीले माग गरेको छ ।

हामीलाई जानकारीमा आएअनुसार अलपत्र पारिएका नेपाली महिलाहरुमा सानुमाया तामाङ–नुवाकोट, कविता थापा मगर–रामेछाप, अञ्जना मगर–रामेछाप, रत्नमाया राई–धनकुटा, पार्वतीमाया तितुङ– मकवानपुर रहेका छन् ।

यस्तै, रमिता राई– भोजपुर, सुष्मा तामाङ– काभ्रेपाल्चोक, मीना गुरुङ– चितवन र मार्था सोताङ राई– मोरङका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्