राष्ट्रपतिले दिए संघ र प्रदेशसभा सदस्यलाई चियापानको निम्तो
काठमाडौं, चैत २ । राष्ट्रपति रामचन्द्र पौडेलले संघ र प्रदेशसभा सदस्यलाई चियापानको निम्तो दिएका छन्।
चैत ४ गते शनिबार बिहान ९ बजे शितल निवासमा सांसद्हरुसँग चियापान तथा भेटघाट गर्ने कार्यक्रम राखेको नेपाली कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए।
राष्ट्रपति निर्वाचित भएपछि उनले संघ र प्रदेशका सबै सांसद्लाई धन्यवाद दिन चियापान तथा भेटघाटको आयोजना गरेका हुन्।















प्रतिक्रिया दिनुहोस्