नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

काठमाडौं, चैत २ ।  आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई चौथो विकेटको सफलता मिलेको छ।

युएईका सिपि रिजवान ७ रनमा रन आउट भएका छन्। नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको हो।

युएईले २३ ओभरमा ३ विकेट गुमाएर ११८ रन जोडेको छ। तीन विकेट लिएसँगै दवावमा रहेको नेपाल खेलमा फर्किएको छ।

प्रतिक्रिया दिनुहोस्