नेपाली क्रिकेट टिमलाई ओलीको शुभकामना

काठमाडौं, चैत २ । आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जितको अग्रिम शुभकामना दिएका छन्। त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा अहिले युएई र नेपाल भिडिरहेका छन्।

ओलीले ट्वीट गर्दै उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका हुन्। ‘राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु, मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना !’

प्रतिक्रिया दिनुहोस्