नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट
काठमाडौं, चैत २ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । नेपालले दोस्रो सफलता हासिल गरेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मोहमद वासिमको विकेट लिएका छन् । योसँगै सन्दीप लामीछानेको एकदिवसीय क्रिकेटमा ९९ विकेट पुगेको छ ।
नेपलका लागि यस अघि ललित राजबंशीले एक विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल युएईले १६.२ ओभरमा २ विकेट गुमाएर ९८ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्