राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने

काठमाडौं, चैत १ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति पदमा मतदान नगर्ने निर्णय गरेको छ ।

बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले यसअघि राष्ट्रपति निर्वाचनमा समेत तटस्थ बस्दै मतदान गरेको थिएन । उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुदैछ । उपराष्ट्रपतिमा जसपाबाट रामसहायप्रसाद यादव, जनमत पार्टीबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेका छन् ।

जसपाबाटै उम्मेदवार रहेकी प्रमिला यादवले भने यसअघि नै आफ्नो पार्टीका अर्का उम्मेदवार रामसहायप्रसादलाई समर्थ गर्ने घोषणा गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्