मन्त्री र उच्च पदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक
काठमाडौं, चैत १ । सरकारले मन्त्री र उच्च पदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइन् ।
बैठकले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्नेलगायत निर्णय गरेको छ ।














प्रतिक्रिया दिनुहोस्