१६ वर्षीया गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार, शिशुको बाटोमै मृत्यु
काठमाडौं, फागुन ३० । हुम्लाकी १६ वर्षीया गर्भवतीकोे हेलिकोप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिएको छ ।
हुुम्लाको चंखेली गाउँपालिका–२ की १६ वर्षीया जुनकला कामीलाई मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
सोमबार दिउँसोदेखि प्रसव पीडा भए पनि मंगलबार बिहानसम्म सुत्केरी हुन नसकेपछि उनलाई सिमिकोटबाट दिउँसो प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।
सुर्खेत विमानस्थलसम्म हेलिकोप्टरमा ल्याइएकी उनको त्यहाँबाट एम्बुलेन्समा अस्पताल पुर्याइएको थियो । तर २ बजे अस्पताल पुर्याउँदा शिशुकोे मृत्यु भइसकेकोे र प्रसव पीडाका कारण आमाको योनिमा घाउ लागेको अवस्थामा आइपुगेको अस्पतालले जनाएको छ ।
जुनकलीले तीन केजी २०० ग्रामको मृत छोरालाई जन्म दिएकी थिइन् । अहिले सुत्केरीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्